Saturday, November 14, 2015

कुखुरी काँ !

(नेपालाँ स्थिरता भन्ने कुरो कैले हुने भएन। एकथरि जान्छ, र दक्षिणी छिमेकीले उचालेर फेरी अर्को थरि  ल्याउँछ। पछिल्लो गोटी कथित 'मधेशबादी दल' भएका छन्, र तिनीहरु पछि को आउँछन्, त्यो विचारणीय छ ।)

कुखुरी काँ !

कुखुरी काँ !
नेपालै खाँ ।
खै नेपाल ?
रानाले खाए ।
खै राना ?
कांग्रेसले खेदे ।
खै कांग्रेस ?
राजाले डामे ।
खै राजा ?
बहुदलेले निले ।
खै बहुदल ?
माओबादीले पछारे ।
खै माओबादी ?
मधेशबादीले लखेटे ।
खै मधेशी ?
...
"तेरा क्या होगा मधेशी?"