मोदीआइन
ट्विते, फेसबुके र र्याले पत्रकारिता गर्ने अनलाइन छापाले कोलाहल गरेसी गाजा र युक्रेनको रडाको सुन्दा र गुन्दा वाक्क भैसकेको विकासे माइलोको ध्यान पनि दख्खिनी राजकिए भर्मन तिर गयो। मोदीको भर्मनको खबरले मनै चङ्गा पर्यो, लोडसेडीँग भए नि दिमागाँ उर्जा थप्यो ! मोदीको नामले दिमागाँ बत्ति बलेसी पो आइडिया आयो - इजरेलले पानि पर्या जस्तो रकेट खन्याएर बिल्लीबाँठ पारेका फिलिस्तिनीलाइ काठान्डुका गल्लिमा पुनर्बास गराउने कि !? फिलिस्तिनीलाई पुनर्बास गराए इजरेलले पक्कै काठान्डुका गल्लिमा पनि रकेट झर्दो हो र हाम्रा सागुरा गल्लि अलि फराकिला हुने थिए, भुइचालो कुर्नु पर्ने थेन ! खैर फिलिस्तानका भन्दा हाम्रा हिन्दुस्तानका मोदीका बात रसिला छन्, पोसिला छन् र बाक्ला छन् गुजराती भैँसीका दुध जस्तै ।
मोदी आउने भनेसी मैले थ्रोट क्यान्सर भा'का बि.पी. बुढालाई सम्झेँ । बि.पी. दुर्दर्सी रचन, ३५ साल पैले नै मोदी आउने देख्या रचन र पो 'मोदीआइन' भनेर उपन्यासको गातोमा लेख्द्य रचन । हुन त खुलस्त रुपमै गुजराती मोदी '७१ सालाँ ताम-झामका साथ नेपालाँ आउनेचन् भनेर लेख्द्या भे मईन्द्र माराज रिसानी होइबक्सी बि.पी. बुढाको बिपीमा 'ग्राण्ड डिजाइन' गर्ने डर हुँदो हो । तर जे भए पनि मोदी आउनि भनेर चै सिङ्ङदर्बार सरकार राम्रै तात्या रै'छ । एस्तो तातो त पैला माराजको सवारी हुदा वा माराजको जन्मदिनको औसरमा वा गद्दीआरोनको वार्षिकीमा देखिन्थ्यो, ऐले गुजराती मोदीको भर्मनमा देखिँदै छ । नारानहिटी खालि भए पनि हाम्रो सरकारीतन्त्रको मगजबाट 'राजकीय'को तातो गाको रैनछ । आफ्ना राष्ट्रपर्मुक र सर्कारपर्मुक झुसे र छुसे भैदेसी, कसै न कसैको राजकियताको छायाँ त पार्नु पर्यो नै ! काइदा भो गुजराती मोदी आइदिए, राजै सबारी भा'सरी भो, देउतै धर्तिमा झरे सरि भो, भिर पाखा पहाडमा चुबुर्केर बसेका हाम्लाई धन्य धन्य भो !
मानगरका कर्मचारीहरु त मोदीको भर्मनलाइ लेर बेस्सरी ताते बा - बाटो सफा पर्ने, फोहोर तह लाउने, पोस्टर हटाउने, के के हो के के ! मानगरलाइ 'लाली-क्रिम' दलेर मेकप गर्न तल्लिन छन् । कस्तो काम गर्न सक्या त बा ! मोदी आउचन भनेर सरसफाईमा लागेका यिनलाई तलप युनियन सरकारले दिदो हो कि !? नत्र ढल फुटेर नरक भाको गल्लि हेरदिन समेत ५ महिना ठ्याम्म कुर्न पर्ने मानगरलाइ येत्रो जोश काँबाट आउदो हो !? न लैनचोर दुताबासले सर्कुलर जारि गर्द्यो कि!?
राम्रै भो मोदी आउने भर । बरु उनको भर्मन तालिकामा ह्यातमा बसेको भोलि पल्ट ब्यान सौच गरेसी केउ्केलको धाराको पानिले नै पखाल्ने कार्यक्रम रख्द्या भे, केउ्केलले नि राता-रात बाटो खन्दै पाइप विछ्याउदै मामइमको सुइट सम्मन् पानि पुर्यौउँदो हो । चुच्चेपाटिवासीलाइ नि राहात हुदो हो पानि आयेसी । मेलै लाग्ने भो, गुजराती पर्धानमन्तरि आर ।
मोदीलाइ बानेसोर हलको क्यान्टिनमा इलामे च्या पकाएर ख्वाउने रे, सफामुकले ! अस्ति भर्खर बासि ख्वायो भनेर बन्द गर्या साहुले नै पकाउने हो कि न, मोदीलाइ पखाला नलाओश ! मोदी थालिए भने हाम्लाई गाल आइपर्ला । अर्को १७ वर्षसम्म दख्खिनका पर्मुख पाहाडाँ खुट्टो टेक्न नआउलान ! तर राम्रै हुने भो, मोदीले सदनाँ भासन दिने भनेर । सबासाद भनाउदा त आउँदा हुन् नि च्याट्ट परेर मोदीको हिन्दि भासन सुन्न ! मोदीले टपक्क टिपेर पर्धानमन्तरी बनाउलान कि भन्ने आस त सपैलाइ हुँदो हो ! सदनाँ मोदीलाइ नमस्कार गर्लान, हिन्दिमै बात मार्लान, अलंकारी वस्तु झैँ गरेर मोदीलाइ छुन खोज्लान, र उस्तै परे साष्टंग दण्डवत पनि गर्लान् । बबुरा सफामुखलाइ नि हेलो हुदो हो, सप्पै सबासाद आइदेर - कतिका त नाम र अन्वार समेत भुली सके हुनन् ।
सर्कारीतन्त्र, पर्रास्ट अद्द्येन, विस्सो-विध्यालए जम्मै ठण्डाराम भैदेर सर्कारलाइ मोदीको भर्मनको मुखाँ ठुलो अफ्ठ्यारो पर्यो - मोदी सँग के माग्ने भन्ने निर्नए नभर । येत्रो सहरै, सरकारै, राज्यै ठप्प पारेर, तन् मन् वचन् र कर्मले भर्मन राजकीय बनायेसी त माग्नु पर्यो नि ! लिस्ट डेब्लप कन्टी भएसी त माग्ने जन्मसिद्द अदिकार हो! माग्ने नि छाति फुलार माग्ने! मग्न त माग्ने तर माग्ने चै के !? यै कुराले सरकारको कन्पारो तात्या रै'छ । सर्कारीतन्त्रलाइ मोदी आउलान र माग्नु पर्चा भने हेक्का पैलेई भएन, पर्रास्टलाइ येमारपीको बेपार गरेर फुर्सत थेन, विस्सो-विध्यालाएका पार्द्यापक आफ्नै एनजीओलाइ माग्न व्यस्त थे, अनि सरकारलाइ माग्न कल्ले सयोग गर्देओस् ? तर ठिकै छ, मोदीसंग ऐले नै नमागे पनि पछि निर्क्योल गरेर हाम्रा पर्दानमन्तरी त माग्न दिल्ली पुग्ने नै हुन् ।
१७ वर्षे मेलै लाग्ने भो मोदी आ'र ! एक मैना देखि यिन् कै चर्चाको राज्गाजी छ - सर्काराँ, पत्रिकाँ, च्या पसलाँ, जैंतैं । मिडिया भन्नेहरुकोमा त लिगलिगे दौड नै सुरु भयो - कल्ले मोदीको भर्मनको न्युज झ्याप झ्याप दिने ! मोदी आउने भनेर आइतबार र सौबार त बिदै दिनच क्यारे सर्कारले ! १-२ दिन त मै झुक्केँ यिनै हाम्रा पर्मुककार्यकारी हुन् कि भनेर । पछि पो पत्रिकाँ अम्रिकाबाट थेरापी गरेर फर्क्या फुले बुढाको फोटो देखेर पो झल्यास्स भए - यी बुढा पो हाम्रो पर्धान्मन्तरी !