सिसिफियन जिन्दगी !
एउटा अग्लो पहाडको
मा...थी... चुचुरोमा पुर्याएको
एउटा अजङ्गको ढुङ्गो,
चुचुरोबाट जति पटक खसे पनी, झरे पनि र गुडे पनि
सिसिफसले त्यो ढुङ्गो लिन फेदीमा झर्नै पार्ने,
र
पुन: त्यो ढुङ्गो बोकेर चुचुरोमा पुर्याउनै पार्ने !
थुक्क (मुजी),
सिसिफियन जिन्दगी !
(पुनर्लेखन : १७ आषाढ २०६८, जुलाई १, २०११)
(आनन्द राज देवकोटा, २०११ )
अक्टुवर २०१० तिर पहिलो पटक लेखेका पङ्तिहरु युनिकोडमा सेभ नगरेकाले मेटिएछन् र २०११ मा ती पङ्तिहरु पुनर्लेखन गर्ने प्रयास गरियो ।

No comments:
Post a Comment