(यस कन्थामा प्रयुक्त सम्पूर्ण पात्र, व्यक्तिका
नाम, सन्दर्भ सामाग्री, ऐतिहासिक तथ्य र घटनाहरु काल्पनिक हुन्, कसै संग मेल खान गएमा संयोग
मात्र हुने छ । कल्पनामा आधारित र हाँस्य रस प्रयुक्त यस लेख हलुका व्यंग्य चेत
सहित लेखिएको हो र कोहि व्यक्तिको मानमर्दन गर्न रचना गरिएको होइन । तसर्थ यस
लेखलाइ हलुका मनोरन्जनका रुपमा लिनु हुन आग्रह छ । - ले. आनन्द राज
देवकोटा, २०६७ कार्तिक २९ )
"कोकिल-सम्राट" श्री शम्भुजीत बाँस्कोटाको
संक्षिप्त जिवनी
शम्भुजीत बाँस्कोटा (नाम परिवर्तित) ले नेपाली
संगीतमा पुर्याएको योगदानको चर्चा
जति गरे पनी
थोरै नै हुन्छ
। बाँस्कोटाले सिर्जिएका
"हे कान्छी बायाको आगो
बल्दो छ", "तल
तल बेँसीबा बैच्याङ",
"बायाले बाध तिबी
बलाइ", "बजा आउँछ
रेलिबाइ टडक चढेसि",
"लड्डनको चिसो" आदि गीतहरु
जनजिब्रोमा अझै झुन्डिरहेका
छन् । नेपाली
सुगम एबम् चल्चित्र
संगीत क्षेत्रलाई उनको
लगन र मेहनतले
निकै उचाइमा पुर्याएको
थियो र झै
पुर्याइ रहने छ
। अझै
सुमधुर स्वरका धनी उनलाई
"कोकिल-सम्राट" भन्दा पनि अत्युक्ती
नहोला । समाज
र राष्ट्रलाई आफ्नो
अथक परिश्रमले युग
युग सम्म ऋणी
बनाइ रख्ने यस्ता
अद्ब्-भुत प्रतिभाको
न त राष्ट्रले
समुचित कदर गरेको
छ न त समाजले नै चाहिँदो
सम्मन दिएको छ
। तुच्छ राजनैतीक
बिचारधाराको आडमा कलाकार
र समाज्सेवीहरुको उपेक्षा
भइरहेको यस परिप्रेक्ष्यमा
"कोकिल-सम्राट" शम्भुजीत बाँस्कोटाको संक्षिप्त
जिवनी यस लेखमा
उतर्ने प्रयास गरिएको छ
।
कोकिल-सम्राट श्री
शम्भुजीत बाँस्कोटाको जन्म बिसं
२०१९ कार्तिक ८
गते काग तिहारको
दिन पिता श्री
सुर्यजीत बाँस्कोटा र मा(बा)ता
नानी मैँया मास्केको
गर्भबाट भएको थियो
(जन्मले काग तिहारको
दिन जन्मे पनि
कर्मले कोकिल कण्ठी हुने
यो भन्दा अरु
अनुपमा उदाहरण अरु के
हुन सक्छ र
?) । बाँस्कोटाको पुर्ख्यैली
थलो पुर्वी दोलखामा
रहेको बुझिन्छ ।
उनका पुर्खाहरु नेपाल
एकिकरण पश्चात तत्कालिन नेपाल
खाल्डो बसाइँ सरेर आएको
र राज्दरबारमा पुरोहित
रहेको कुरा बुजिन्छ
(आचार्य, २००८)।
बाँस्कोटा पिता श्री
सुर्यजीत बाँस्कोटा, बाँस्कोटा वंशका
सातौँ पुस्ता रहेको
पनि आचार्यको पुस्तकमा
उल्लेख भएको छ
। यस हिसाबले
श्री शम्भुजीत बाँस्कोटा बाँस्कोता
आफ्नो वंशका आठौँ
पुस्ता रहेको पुस्टी गर्छ
। जहानियाँ राणा
शासन ताका बाँस्कोटाका
बाजे श्री मंगलजीत
बाँस्कोटालाई भजन मन्डली
मार्फत समाज सुधार
र राणा बिरोधी
कार्यमा संलग्न भएको अभियोग
लगाइ तत्कालीन प्रधानमन्त्री
श्री ३ जुद्ध
शम्शेरले देश निकाला
गरेका थिए भनि
आचार्यले ब्रिस्त्रित गरेका छन्
। तत्पस्चात बाँस्कोटाका
हजुरबुवा श्री चन्द्रजीत
बाँस्कोटा र पिता
श्री सुर्यजीत बाँस्कोटाको
जन्म वराणाशी मै
भएको बुझिन्छ ।
हजुरबुवा श्री चन्द्रजीत
बाँस्कोटा भारतमा चलेको तत्कालिन
"भारत छोड" आन्दोलनमा गान्धी,
नेहरु, बिपी र
सुवर्ण शम्शेरहरु संगै सक्रिय
सहभागी भएका थिये
। वाराणासीमा नेपाली
कांग्रेसको स्थापनामा पनि श्री
चन्द्रजीतको ठुलो योगदान
रहेको थियो भने
त्यसपछीका जनमुक्ती आन्दोलन र
जनक्रन्ती मा समेत
उल्लेखनिय भूमिका निर्वाह गरेका
थिए ।
२००७ सालको
क्रान्ति पछी हजुरबुवा
श्री चन्द्रजीत बाँस्कोटा
र पिता श्री
सुर्यजीत बाँस्कोटा सपरिवार स्वदेश
फर्की काठमाडौँको ओमबाहालमा
बसोबास गरेका थिए ।
पहिलोपटक स्वदेश फिर्ती हुँदा
बाँस्कोटा परिवार इटुम्बाहालमा बसोबास
गरेपनी तत्कालीन घरपट्टी साहु
श्री डम्बरध्वज खड्काले
मनोमालिन्य राखेकाले बाँस्कोटा परिवार
ओमबाहाल सरेको कुरा इटुम्बाहालका
पुराना रैथाने बुझक्कीहरु बताउँछन्
। पिता श्री
सुर्यजीत बाँस्कोटाको सानै देखि
बिभिन्न भजन र
नाटक मन्डलीहरुमा चाख
भएकाले उनी स्वदेश
बसाइको बेलामा पनि तीनै
गतिबिधी तर्फ लागेका
थिए । तत्कालीन
चर्चित साहिित्यक र साङ्गितिक
ब्यक्क्तित्वहरु जस्तै बालक्रिष्न सम,
बिजय मल्ल, अशेष
मल्ल, मास्टर रत्नदास
प्रकाश, पन्नकाजि, माणिकरत्न, कोइलिदेवी
आदि सँग उनको
राम्रो परिचय र उठबस
थियो । ओमबाहालको
बसाइँ संगै श्री
सुर्यजीत बाँस्कोटाको बाहालको दक्षिणी
छेउको घरमा बस्ने
मास्केकी छोरी नानी
मैँयासँग देख भेट
र चिन्जान भएको
थियो जुन कालान्तरमा
प्रेमको रुपमा झँागियो ।
श्री शम्भुजीत
बाँस्कोटाको अनौठो जिवनी त्यतिखेर
सुरु भयो जब
उनका पिता श्री
सुर्यजीत बाँस्कोटाले सन्सनीपूर्ण रुपमा
बिसं २०१८ चैत्र
२० गते राती
मास्केकी छोरी नानी
मैँयालाई भगाएर पाटन पुर्याए
। धर्म र
रितिथितीमा कट्टर श्री चन्द्रजीत
बाँस्कोटाले यस्तो नाजायज सम्बन्ध
र कार्य रुचाउने
कुरै थिएन त्यसैले
पिताको कोपभाजन र लोकलाज
सँग केहि दिन
बच्नका लागि सुर्यजीतले
नानी मैँयालाई पाटन
को हिरण्य गर्भ
बिहारमा त्यहाँका बज्राचार्य र
आनीहरुको सहयोगमा लुकाएका थिए
। उदाउँदो र
जल्दोबल्दो कहलिएको कलाकारको यस
क्रित्यले त्यतिखेर काठमाडौँमा यती
सन्सनी फैलाएको थियो की
गोर्षा पत्रले पनि यस
घटनाको बारेमा "झड्किलो माँस्कोटा" शिर्षकमा
समाचार छापेको थियो (हेर्नुहोस
गोर्षा पत्र, २०१८) ।
००७ साल अघिको
चर्चित "राजकुमारी काण्ड" पछीको
यस "बाँस्कोटा काण्ड" यति
बिघ्न चर्चित भयो
की राज्दर्बारले समेत
यस घटना बारे
बुझ्न गोप्य रुपमा
व्यक्तीहरु खटाएको बुझिन्छ ।
यही घटनाको पिरले
श्री चन्द्रजीत बाँस्कोटा
थलिए र तीन
महिना पछी उनको
देहान्त भयो ।
पिताको स्वर्ग बास भएपको
एक महिना पछी
आफ्नी आमाको आग्रहमा
सुर्यजीत र नानी
मैँयाको ओमबाहाल स्थित घरमा
पुन: आगमन भयो
।
एबं रितले
२०१९ सालमा श्री
सम्भुजीत बाँस्कोटाको जन्म भयो
। प्रचलित सामाजिक
संस्कार अनुसार र बाँस्कोटा
कुल परम्परा अनुसार
अन्तर जातिय विवाह
भएकोले सुर्यजीत र नानी
मैँया जातच्युत भएर
जैशी ब्रह्मण भए
र सम्भुजीत पनि
जन्मले जैशी ब्राह्मण
भए (हिन्दुस्तानमा प्रचलित
वर्ण ब्यबस्थानुसार ब्रह्मण
वा क्षेत्रियले अन्तर
जातिय विवाह गरेमा
जातच्युत भएर शुद्रमा
गनिने थियो; आख्ले,
१९५० सन्)।
अझै जातच्युत भैसकेकाले
सम्भुजीतले बाँस्कोटा थर लेख्न
पाउने भएनन् र
बाबु पट्टी र
आमा पट्टी को
दुबै थर मिसाएर
"माँस्कोटा" भनियो । यस्तै
जातजाति र वर्ण
ब्यबस्थाको दल्दल्मा जाकियेको समाजको
मानिस मानिस को
बिच्मा भेद्भाब गर्ने कार्यले
धेरै पछी सम्मन्
पनि शम्भुजीत बाँस्कोटालाई
पिरोली रह्यो । झनै
दैब पनि बालक
शम्भुजीत प्रति क्रुर भैदियो
र जीवन भर
रहिरह्ने गरि बालक
शम्भुजीतलाई पिनासको दिर्घ रोगी
बनाइदियो । पिनास
कै कारणले उनले
आफ्नी आमालाई कहिल्यै
"आमा" भनेर बोलाउन
पायेनन् । धेरै
बर्ष पछी पनि
आफ्नी आमाको मृत्यु
शैयामा आमाले अन्तिम सास
सम्मन् पनि "माँ बोलो
बेटे" भनेर बारम्बार
भन्दा पनि बिचरा
शम्भुजीतले "बा, बा"
भनेर चित्त बुझाउनु
परेको थियो ।
जात च्युत
भैसकेलाले र "माँस्कोटा" जस्तो
नसुनिएको थर राखेकाले
बालक बाँस्कोटालाई तिन्धारा
पाठशालाले भर्ना लिन मानेन
। अरु पाठशालाहरुले
पनि जात खशेको
बच्चो भन्दै भर्ना
लियेनन् । हे
भग्वान, बालक बाँस्कोटा
माथि कस्तो अन्याय!?
टोलका अरु केटाहरु
सिलोट र खरी
बोकी पाठ्शाला गएको
देखि बालक शम्भुजीत
पनि एक दिन
तिनीहरु कै पछी
लागि नगिचैको दरबार
हाइ स्कुल गए
। दरबार हाइ
स्कुलमा नयाँ बङ्गाली
मास्टर आएका थिए
र संन्जोगले बालक
शम्भुजीत पनि केटाहरु
संगै ती मास्टरको
कक्षामा पसे र
एउटा कुनामा बसे
। हाजिर कापिमा
नाम नदेखेर मास्टरले
बालक शम्भुजीतलाई नाम
सोधे ।
- "बाइ नेब
इज सब्बुजित बास्कोटा
।" उनले डराइ
डराइ भने ।
आफ्नो थर माँस्कोटा
भएको थाहा भएपनि
पिनासले गर्दा उच्चारण्मा समस्या
भएकोले बालक बाँस्कोटाको
उच्चारण "बाँस्कोटा" सुनिएको थियो र
बङ्गाली मास्टरले पनि शम्भुजीतको
पारिवारिक पृष्ठभुमी थाहा नभएर
"शम्भुजीत बाँस्कोटा" भनेर उनको
नाम हाजिर कापिमा
दर्ता गरिदिए ।
तत्कालीन समयमा बिद्यालयमा भर्ना
गर्दा बाबु र
बाजेको नाम मात्र
खुलाउनु पर्ने भएकोले सम्भुजीतले
"बाँस्कोटा" थर लेखेको
त्यती बिबादमा नआएको र
"माँस्कोटा" थर पनि
सबैले बिर्सँदै गएको
बुझिन्छ । तर
केही जानिफकार अनुसार
त्यस "थर काण्ड"
पश्चात दरबार हाइ स्कुलका
तत्कलीन हेड मास्टर
आत्माराम थापाले बङ्गाली मास्टर
र बालक शम्भुजीत
दुबै लाई "टोकौँ
!" भन्दै स्कुलबाट निकालेका थिए
रे । तर
जे होस आफ्नै
पिनास रोगको कारणले
शम्भुजीत बाँस्कोटाले "माँस्कोटा" जस्तो सामाजिक कलंकबाट
मुक्ती पाए ।
सन्दर्भ सामाग्री :
आचार्य, बाबुराम (२००८)। संक्षिप्त
बाँस्कोटा बंशावली, झरिलाल किताबखाना,
वाराणसी ।
आख्ले, ऋषिकेश (१९५०
सन्) । हिन्दोस्ताँ
का वर्ण व्यवस्था,
एैस चन्द एैण्ड
साँन्स, नई दिल्ली
।
गोर्षा पत्र (२०१८)
। "झड्किलो माँस्कोटा" २०१८
चैत्र २१, अंक
३५१, वर्ष ५१,
काठमाडौँ ।
No comments:
Post a Comment