असार र जिन्दगी
खरानी र कालो रंग सम्मिश्रित
फुस्रो र धुम्मिएको आकाश
निरन्तर चुहिएको छ
थोपा थोपा
(आनन्द राज देवकोटा, १ जुलाई २०११)
खरानी र कालो रंग सम्मिश्रित
फुस्रो र धुम्मिएको आकाश
निरन्तर चुहिएको छ
थोपा थोपा
साना ठुला
एक तमासको स्यार्ररर रुखका पात माथि
टिनका छाना माथि
र्-यालमा चिप्लिँदै गरेका चिप्ले किरा उपर
खुड्किलो उक्लन नसकेका भ्यागुता माथि
व्यक्तीका आकांक्षाहरु उपर
बन्दै गरेका बालुवाका स्वप्नमहलहरुमा
भिजेका मनलाई अझै रुझाउँदै
ठिहिरिएका आशालाई अझै चिस्याउँदैवर्ष्यो मनसुनी असार
रंगहिन जीवनका श्यामश्वेत कलेवरहरुलाई खुइल्याउँदै
असारको झरी भ्यागुतोको झर्को लाग्दो ट्यार्-ट्यार् जस्तो,
जीवनको गति र्-याले चिप्ले किरो जस्तो,
र
जिन्दगी हिलो पानीमा ढाडिएर फुङ्ग रंग उडेको मृत गंड्यौला जस्तो !!
No comments:
Post a Comment