Thursday, March 21, 2013

विकास र प्रेम


विकास र प्रेम

विकासविद् कोर्छन् -
हालको उत्तरआधुनिक युगमा
र उदारवादी व्यवस्थामा
विकास र प्रेम एकै हुन्,
Never ending process।
विकास कार्यक्रम र प्रेमिका पनि एकै हुन्,
सुरु-सुरुमा Piloting गरिरहनु पर्ने

समय समयमा
Phase Out गरिरहनु पर्ने !

(आनन्द राज देवकोटा, ९ चैत २०६९ )

No comments:

Post a Comment