साक
सागको भाउ फुलचोकीको चुली पुगिसकेको अवस्थामा काठमाडौँलाई अहिले 'साक'को चटारो लागेको रै'छ ! काठमाडौँका बिफर लागेका जस्ता बाटा कसरि राता-रात 'पर्चन्न'का गाला जस्ता चिल्ला भए, निस्पट्ट अँध्यारा हुने ठाउँ कसरि घुस देखेर चम्केका भन्सार अधिकृतका आँखा जस्ता झल्झलाकार हुन थाले, कसरि महानगरको विकास धरहराको टुप्पो पुग्यो भन्ने चिन्तन २-३ हप्ता देखि विकासे माईलाको मथिंगलमा पर्दो थियो ! पछि पो बकम्फुसे अनलाइन छापाबाट थाह भयो ७ देशका महामहिमहरुलाइ नेपाल घुमाउने तारतम्य रै'छ 'साक'को निहुँमा !
आफुले तिरेको करले अर्काको घर रङ्गे पनि, लैनचौरको बाटो छिचोल्दा सम्मन् सिमेन्ट कारखानाको मजदुर जस्तो देखे पनि, घरबाट खाना खाएर मोटरसाइकलमा सामाखुशीको भत्केको बाटोमा भोजनथैली हिर्लिक्क हुने गरि उफ्रिनु परे पनि मध्य सहरको शहरको तामझाम देखेर 'गर्दा रैचन है यी काणहरुले' भन्ने पर्यो ! 'लैनचौर डीडीसीको रसबरी मिठो छ है' भएर कसैले भुटानी, लंकाली, अफगानी महामहिमको कान फुक्दे यसो लैनचौरको बाटो नि पिच हुन जुर्थ्यो कि !?
तर वर्षौ सम्मन्का रैतीका
प्रलाप नसुन्ने प्रसाशनले विदेशी मुलाजिमहरुलाइ २ दिन घुमाउन यत्रो जागर देखायो !
जनता प्रति उत्तरदायी हुने प्रचलन भए पो अरु बेला पनि तातो देखाउँथे र! 'फुस्रो
चाकमा गुहेंलाको फूल' भन्ने उखान चरितार्थ गर्दै पाखण्ड र मानसिक दरिद्रताले
गाँजेको शहर श्रिंगार्न लागे !
घुम्नलाइ भुटानका
नवविवाहित राजा पनि आउने होला रानी लिएर ! भोटेनि भए पनि कति राम्री हो ! मैले त
लाईक हानिसकेँ फेसबुक पेजमा ! के गर्ने हाम्री हिमानी रानी हुने भैनन्, ससुराले
बुध्दि पुर्याएनन् । साँच्ची त हाम्लाई थाहै नदिइ सदनमा पर्चन्नका माहान पाटि,
गिर्जाबाउ र ५०० चानचुन सभासद मिलेर खेदे ज्ञ्यानिन्द्र माराजलाइ ! खेद्ने कि
नखेदने भन्ने जनमत संग्रह गरे हुन्थ्यो, हाम्लाई पनि '५०% भन्दा बढीले खेद्न हुन्छ
भने' भनेर बस्न ढुक्क हुन्थ्यो ! बहुमतको कदर गर्ने संस्कार भए पो, अल्पमतका कुरा
लाइ पनि बहुमतका ले सुन्थे ! मेरो गोरुको बार्है टक्का !
No comments:
Post a Comment